सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

सोमवार (भोलि) बस्ने संसद बैठकको तयारीका विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

हालसम्म २६ जना सांसदहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैक्रममा बस्न लागेको संसद बैठकमा कोरोना संक्रमित सांसदहरुलाई मतदानको व्यवस्था कसरी मिलाउने भन्ने विषयमा समेत आजको बैठकमा छलफल हुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकपथलाई जानकारी दिए ।

“धैरै माननीयज्यूहरुलाई कोरोना संक्रमण देखिएको छ । यसैक्रममा भोलि बस्ने संसद बैठकमा हुने मतदानमा उहाँहरुलाई कसरी मतदानको व्यवस्था गर्ने लगायत बैठकलाई मर्यादित कसरी बनाउने भन्ने विषयमा आजको बैठकमा छलफल हुनेछ ।” सल्लाहकार न्यौपानेले भने ।

आज दिउँसो १ बजे बैठक बस्नेछ ।

नेपालमा हालसम्म २६ जना संघीय सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसद बैठक बस्ने प्रयोजनका लागि गरिएको पीसीआर परीक्षणका क्रममा १९ जना र बाँकी ८ जनाको आफैले गरेको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै बुधवार र बिहीवार सांसदसहित संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको समेत कोरोना परीक्षण गरिएको थियो । सो क्रममा १८ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी हुन् कोरोना संक्रमण पुष्टि हुने २६ सांसदहरु

 झलनाथ खनाल

 मुकुन्द न्यौपाने

 मायादेवी न्यौपाने

 पार्वती डिसी चौधरी

 राजेन्द्रप्रसाद गौतम

 नन्दलाल रोका क्षेत्री

 लालबाबु पण्डित

 लक्ष्मणलाल कर्ण

 नरमाया ढकाल

 महेश बस्नेत

 रामबाबु यादव

 गोपालबहादुर बम

 नमीता कुमारी चौधरी

 शान्तिमाया तामाङ

 विना कुमारी श्रेष्ठ

 रेनुका गुरुङ

 जुलीकुमारी महतो

 रघुवीर महासेठ

 किसान श्रेष्ठ

 सुरेश कुमार राई

 पुष्पा कुमारी कर्ण कायस्थ

 भानुभक्त ढकाल

 बीना मगर

 भरतकुमार शाह

 प्रमोद शाह

 दिपकप्रकाश भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?