लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि आयो अविश्वासको प्रस्ताव

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतवार (आज) नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यद्यपी पोखरेलले राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशनको माग गरेका छन् ।

यो पनि

लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

४१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (नामावलीसहित)

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?