एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

कसरी जोगाउने बालबालिका ?

लोकपथ
448
Shares

चन्द्रकला कार्की /काठमाडौं –

घडीले दिउँसोको तीन बज्न लागेको संकेत गर्दैछ । पार्वति हतारिँदै घरको काम गर्दैछिन् ।

यो हतारो उनलाई शनिवार र सरकारी बिदाबाहेक हरेक दिन भइरहेको छ, जबदेखि छोरी स्कुल जान्छिन् ।

बतास बेगले चलेको छ ।

सडक छेउ पातलो रोपिएका रुखका हाँगाहरु भर्खरै भाँचिन्छन् कि जस्तै डरलाग्दो गरी हल्लीरहेका छन् ।

पार्वति बाटोमा देख्दैछिन्  केहि अभिभावक उनको छोरीकै स्कुलबाट आफ्ना नानीबाबु डोहोर्‍याएर घरतर्फ आउँदै छन् । उनी छोरीको स्कुलतर्फ बढेका पाईला अझ वेगले लम्काउँछिन् ।

‘परिलाई पठाईदिनुहोस् त ।’ स्कुलको गेटसम्म पुग्ने आवाज दिएर उनी यताउता हेर्छिन् ।

‘आज आउन अलि ढिला भयो ।’ उनले बतासले बटुलेर हुत्याएको धुलो टकटक्याईन् ।

स्कुलको गेटमा बसेका सुरक्षागार्ड अचम्मीत भावभंगीमा बोले, ‘आज अंकल आएका थिए, गईसकिन् ।’

पार्वतिले आँखीभुई खुम्च्याईन् । त्रसित भएर आँखा ठूला बनाउँदै प्रतिप्रश्न गरिन्, ‘हैन तपाईं झुक्किनुभयो होला परिको त अंकल नै हुनुहुन्न । न कोहीआफन्त नै छन् ।’

गार्डले अझै कन्फर्म हुन बेन्चमा ठड्याएको रजिष्टरमा हेर्छन्, पार्वतिलाई रजिष्टर नै देखाउँछन् ।

‘परि भित्रै छ होला एकचोटि हेरेर बोलाइदिनुस् न ।’ पार्वति अनुरोध गर्न थालिन् ।

गेटमा उभिएका सेक्युरिटि गार्डले टोपी खोलेर टाउको कन्याए, ‘कम्पाउण्डभित्र हेरेर फर्किएका उनी केहि हच्किँदै जवाफ दिन्छन्, ‘हैन म्याम परि त गईसकिन् । बरु सिसिक्यामेरा फूटेजमा हेर्न सक्नुहुन्छ ।’

पार्वति स्कुलको गेटमै थुचुक्क बसेर रुन थालिन् । स्कुलमा उपलब्ध अन्य गार्ड र सरसफाईका दिदीहरु पनि दौडदै आएर स्कुलभित्र लगे । पार्वतिले आफने मोबाईलबाट सबै आफन्तलाई फोन गरेर सोधिन् । कसैबाट पनि प्रतिक्षित वाक्य ‘यहाँ आएकी छ’ /’मैले ल्याएकी छु’ भन्ने जवाफ आएन । बरु आफन्तकहाँ पनि पिर थपियो ।

केहिबेरमा थाहा भयो, ‘उनी अपहरणमा परेकी रहिछन् ।’

***

यो वास्तविक घटनालाई सिलसिलेवार ढंगले राखिएको एक टिपोट हो तर  यसरी धेरै ‘परिहरु’ स्कुलबाटै गायब भइरहेका छन्। यति सहजै अपहरण हुन्छ कुनै स्कुलबाट ? तपाईको मनमा यो प्रश्न आयो होला ।

हो, स्कुलको र बालबालिकाको सुरक्षार्थ खटिएका सुरक्षागार्ड बालबालिकाका सबै परिवारका सदस्यलाई चिन्दैनन् । त्यसैले उनीहरुले नातासम्बन्ध खुलाएपछि जान दिन्छन् । तर यदी अपरिचित मानिसले यस्तो कथानक रचेर बालबालिका सहजै लैजान सक्ने संभावना भने रहन्छ । कसरी ?

प्रहरीको तथ्यांकले देखाएको छ- आर्थिक वर्ष ७७ /७८ चैत्र मसान्तसम्म १०७ जना अपहरणमा परेका छन्। त्यसमध्ये पुरुष २२ जना, महिला २६ जना , बालक ७ जना र बालिका ४९ जना रहेका छन् । तथ्यांक अनुसार सबैभन्दा बढि बालिकाहरूलाई अपहरण गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक वसन्त बहादुर कुँवरका अनुसार अपहरणपछि हत्या हुनेको संख्या पुरुष – ३, महिला – १, र बालिका – २ गरि जम्मा ६ जना रहेको छ । घटनामा पक्राउ परेका अभियुक्तमध्ये ११० जना पुरुष र १० महिला समेत रहेका छन् ।

हामीले एसएसपी कुँवरसँग अपहरणका कारणहरु के – के हुन् ? भनेर सोध्यौँ उनी भन्छन् : 

  • धनसम्पतिको लोभको कारण
  • झुटो माया प्रेम गरि विवाह को बहाना, बदला वा पुर्व रिसिबीको कारण
  • खुल्ला सिमाना
  • बालबालिकालाई विभिन्न किसिमका प्रलोभन देखाई अपहरण गर्ने
  • केटाकेटिहरु बिच माया प्रेम भई भागि विवाह गरेमा अविभावक पक्षबाट सो कुरा स्वीकार नगरेको खण्डमा
  • फिरौती रकम माग गर्नको लागि
  • कसैलाई दिएको रकम उठाउन नसकिएमा वा माग गरिएको रकम नदिएमा
  • पीडितलाई मादक पदार्थ र बेहोस हुने औषधि खुवाई धनमाल लुटपाट गर्ने मनशायले अपहरण गर्ने
  • पीडितलाई जबरजस्ती करणी गर्ने मनशायले
  • धेरै तलब हुने किसिमको जागिर लगाई दिने भनी आर्थिक प्रलोभनमा पारी
  • राजनीतिक प्रतिशोधको भावनाले पनि
  • व्यक्तिगत दुस्मनी, आर्थिक लाभ लिने हिसाबले ज्यान मार्ने उदेश्यले अपहरण गर्ने गरिएको
  • विभिन्न प्रकारका प्रलोभनमा परि डर त्रास तथा धाक धम्कीको कारणले व्यवसायिक तथा व्यक्तिगत जीवन सफलताको लागि
  • मानव अंगहरु प्रत्यारोपण गर्ने कार्यको लागि यौन शोषण र यौन व्यवसायको लागि लेनदेनको कारणले
  • जबरजस्ती करणी गर्ने उद्देश्यले अपहरण गरी शरिर बन्धक बनाई जबरजस्ती करणी पश्चात छोडिएको
  • कम उमेरकी वालिकालाई विवाह गर्ने गरी एक ठाउँबाट अर्को ठाउँमा लैजानाले
  • दुस्मनी भई एक्लै भेटाएको समयमा अपहरण हुने गरेको
  • आर्थिक प्रलोभनमा परेर

धेरैजसो बालबालिकाहरु विद्यालयबाट अपहरण हुने एसएसपी कुँवरको भनाई छ । उनका अनुसार कार्यस्थलबाट घर फर्कने क्रममा पनि मानिसहरुको अपहरण हुने गरेको छ।

अपहरणबाट बच्ने के गर्ने त ? उनका एसएसपी कुँवरका अनुसार : 

बालबालिकाहरुलाई नचिनेको मानिसहरूसँग कुरा नगर्न र घुलमिल नहुन सिकाउने

नचिनेको मानिसहरूले दिएको कुनैपनि खानेकुरा नखान सिकाउने

कसैले फिरौती रकमको धम्कि दिएमा तुरुन्तै प्रहरीमा खबर गर्ने।

बालबालिकासँग साथित्वको माहोल बनाइ सबै जानकारी लिने कोशिस गर्ने

आफ्ना बालबालिका कस्तो साथीसँग संगतमा छ भन्ने कुरा विचार गर्ने।

कतिपय घटना घटेर पनि समाजको डरले आवाज नउठाउने गरेको भएकोले यस्तो घटना भएमा निर्धक्कसँग प्रहरीको सहयोग लिन तुरुन्त खबर गर्न उनी सुझाव दिन्छन् ।

उनले कुराकानीको बिट मार्दै थपे, ‘यसरी दिनानुदिन बढ्दै गएका आपराधिक कार्यहरु रोक्न सबैजना सचेत होऔँ । यदि यस्तो घटना घटिहालेमा दबाएर आफ्नै घर भित्र नराखौँ । न्यायको लागि प्रहरीलाई तत्काल खबर गरौँ । महामारी वा विपत्को समयमा आफ्ना बालबालिका र परिवारको सदस्यको मनोबल उच्च राखौँ ।’

लेखकबाट थप :

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?