काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ ।
आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको) को नजिक पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो ।
यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वर्ल्ड रेकर्डमा दर्ज भएको छ । । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया