लुम्बिनी प्रदेश : ४० सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता (नामावलीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विपक्षी दलहरुले विशेष अधिवेशनको माग गरेका छन् ।

आज विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै त्यस्तो माग गरेका हुन् ।

त्यस्तै उनीहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुल बहादुर केसीलाई मुख्यमन्त्री बनाउने प्रस्ताव समेत अघि सारेका छन् ।

उनीहरुले ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?