राजीनामा दिन पुगेका नेता नेपालसँग पौडेल र नेम्वाङको भेट

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालपक्षले सामूहिक राजीनामा दिनुअनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुसँग भेटघाट गरेका छन् ।

वरिष्ठ नेता नेपालसँग अर्थमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेल र पूर्व सभामुख समेत रहेका नेता सुवासचन्द्र नेम्वाङसँग भेटघाट भएको हो ।

सामूहिक राजीनामा दिन संसद सचिवालय पुगेका नेता नेपाललाई भेट्न नेताद्वय पौडेल र नेम्वाङ सिंहदरबार पुगेको हुन् ।

आज नै माधवकुमार नेपाल पक्षका नेताहरुले भर्चुअल बैठक बसि अध्यक्ष ओलीले आफ्नो निर्णयबाट पछि नहटे सामूहिक राजीनामा दिने तयारीमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?