काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुले सामूहिक राजीनामा दिएर आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न लागेको टिप्पणी गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै ओलीले पार्टीलाई मजवुत बनाउनका लागि आफ्नो पक्षमा मत माग्दै सामूहिक राजीनामा दिएर आफ्नो राजनीतिक जीवन नै समाप्त पार्न लागेको टिप्पणी गरेका हुन् ।
“कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अंहकार, असन्तुष्टि र ईर्श्या छन् । यस आन्दोलनतर्फ उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन ।” ओलीले भने- “आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधिहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भएपनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।”
त्यस्तै यस्ता क्रियाकलाप गर्नेहरुलाई ईतिहासले मूल्यांकन नगर्ने पनि अध्यक्ष ओलीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया