इस्लामाबाद । पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरुले महिला मानव अधिकारकर्मीहरु माथि धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिएका छन् ।
पाकिस्तानमा केही धार्मिक कट्टरपन्थीहरुले पाकिस्तान महिला अभियानको आयोजकहरुलाई धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिदैँ आएका छन् ।
धार्मिक निन्दाको अभियोगले महिला अधिकर्मीहरुमाथि ठुलो खतरा निम्तिन सक्ने विश्लेषण गरिएको छ । विगतमा पाकिस्तानमा धार्मिक निन्दाको अभियोगमा सात जनाले ज्यान समेत गुमाउनु परेको उदाहरण छ । धार्मिक निन्दाको अभियोगले विशेषगरि महिला मानवअधिकारकर्मीहरुलाई खतरा र त्रास रहेको मानव अधिकारकर्मीहरु बताउँछन् ।
लोकतान्त्रिक नभई धार्मिक मुलुक रहेको पाकिस्तानमा धार्मिक नेताहरुको ठुलो प्रभाव रहेको पाकिस्तान मानव अधिकार आयोगका पूर्व प्रमुख मेहदी हसनले बताए । महिला मानवअधिकारकर्मी तथा अभियान्ताहरु माथि कुनै पनि समयमा धार्मिक निन्दाको अभियोगमा आक्रमण हुन सक्ने भन्दै सरकारले उनीहरुको सुरक्षा गर्नुपर्ने हसनले बताए ।
स्रोत : डी डब्ल्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया