नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटमको समय सकियो, आउला त सामूहिक राजीनामा ?

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको चेतावनीसहितको अल्टिमेटम सकिएको छ ।

विभिन्न मागसहित नेपाल पक्षले आइतवार साँझ आज ९ बजेसम्मका लागि १३ घण्टे अल्टिमेटम दिएका थिए ।
सामूहिक राजीनामा दिन सिंहदरबार पुगेका नेता नेपाल पक्षलाई वार्ताका माध्ययमबाट समाधान खोज्ने भन्दै ओलीले आफ्ना विश्वासपात्र पठाएका थिए ।

नेपाल पक्षले भने पार्टीलाई २०७५ जेठ २ को अवस्थाको विधि र विधानमा चल्नुपर्ने अडान राखेको थियो । त्यति नभइ नभए सामूहिक राजीनामा दिने समेत बताइएको थियो ।

यसैबीच समयसीमा सकिएपछि नेपाल पक्षका सांसदहरु संसद सचिवालयमा भेला हुन थालेका छन् । यसो त नेता नेपालले प्रधानमन्त्री ओलीलाई आइतवार राती अवेर आफूहरुको माग सम्बोधन गर्ने आग्रहसहित पत्राचार गरेका थिए ।

त्यसअघि नै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले एक वक्तव्य जारी गर्दै नेपाल पक्षको निर्णयलाई अपराधको संज्ञा समेत दिएका थिए । त्यसै कुराबाट झनै चिढिएको नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामाको तयारीमा लागेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?