ओलीलाई आजै बिदाई गर्नुपर्छ भन्दै ताते बाबुराम

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाई गर्नुपर्ने भन्दै ४ कारणहरु देखाएका छन् ।

सोमवार बिहान ट्वीट गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओली कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरित संसद विघटन गरेको, लोकतन्त्र धरापमा पारेको, खोप र औषधि खरिदमा भ्रष्ट्राचार गरेको भन्दै आजै पदबाट हटाउनुपर्नेमा जोड दिएका हुन् ।

ट्वीट गर्दै डा.भट्टराईले भनेका छन्- “ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!”

आज प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् । तर जसपाले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न पाउने अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?