नेपाल पक्षका नेताहरुसँग विष्णु पौडेलको छलफल जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद विष्णु पौडेलबीचको छलफल जारी छ ।

केहिबेर अघिबाट सिंहदरबारस्थित एमाले संसदीय दलको हलमा विष्णु पौडलसँग नेपाल-खनाल पक्षका सांसदहरु गोकर्ण विष्ट, धनश्याम भुसाल र योगेश भट्टराई रहेका छन् ।

आज नै नेपाल-खनाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

यसैबीच ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको विधानअनुसार अगाडि नबढाए सामूहिक राजीनामा दिने बताएका थिए । तर आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएपनि नेपाल पक्षका सांसदहरुले बैठकमा उपस्थित पनि नहुने र राजीनामा पनि नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?