प्रधानमन्त्री ओलीले भने- ‘कोभिड भ्याक्सिन खरिदमा भ्रष्ट्राचार भयो भन्दै कुरा उचालियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको भ्याक्सिन ल्याउने कुरामा भ्रष्ट्राचार भन्दै सरकारको आलोचना गरिएको बताएका छन् ।

सोमवार (आज) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । ‘कोभिड जस्ता कुराहरुको औषधिहरुमा भइरहेको भ्रष्ट्राचारका विषयहरु उचालियो ।’ प्रधानमन्त्री ओलीले भने ।

यसैक्रममा प्रधानमन्त्री ओलीले कोरोना खोपमा समेत भष्ट्राचार गर्नेहरुलाई हदैसम्मको कारवाही गरिने समेत बताएका छन् ।

आजको प्रतिनिधि सभालाई सम्बोधन गर्दै सरकारका प्रयासहरुमा साथ सहयोग दिन आग्रह गरेका छन्।

कोभिड न्यूनिकरणमा सरकार लाग्यो तर सरकारले अनेक अफ्ठ्याराहरु सामना गर्नपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?