काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
जसमा तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको हो । कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ ।
प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले छोटो बोल्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनु हुने छ । त्यसपछि मत विभाजनको प्रक्रिया शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया