काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विकासको लागि कसैले पनि नरोकेको बताएका छन् ।
आज संसदलाई सम्बोधन गर्दै सभापति देउवाले देश विकासको लागि सरकारलाई कसले रोक्यो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने- ‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई कार्यकारीको भूमिका दिएको छ । देशको हक हितमा काम गर्न उहाँलाई कस्ले कहाँ रोक्यो ?’
त्यसैगरी प्रधानमन्त्री ओलीले अरुलाई दोष लगाएर आफू जिम्मेवारीबाट बाहिरिएको आरोप लगाएका छन् ।
‘अरुमाथि दोष थोपरेर आफू जिम्मेवारीबाट पन्छिन् पाइन्छ ? एकपटक छातीमा हात राखेर सोध्नुहोस् । यो अवस्था तपाईले ल्याएको हो ।’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने हुँदा हुँदै पनि मत मागेको टिप्पणी गरेका छन् ।
‘आफूले विश्वासको मत पाउदिन भन्दा भन्दैपनि विश्वासको मत माग्नुभएको छ । उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया