लोकतन्त्र आएपनि हामी पीडित छौँ, त्यसैले तटस्थ बस्छौं: महन्थ ठाकुर

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरु तटस्थ रहेको बताएका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ठाकुरले लोकतन्त्र आएपनि आफूहरु पीडित रहेको बताउँदै सरकारको पक्ष विपक्षमा मत नदिने बताए । ‘म न यो सरकारको पक्षमा छु । न विपक्षमा छु ।’ उनले भने- ‘हामी लोकतन्त्र आएपनि पीडित छौँ । हाम्रा सांसदहरु जेलमा रहेका छन् ।’

संसदमा बोल्दै ठाकुरले राजनीतिक मुद्धालाई लिएर आफ्ना नेताहरुलाई जेलमा राखे पनि आरोप लगाएका छन् ।

आफूहरुले रेशम चौधरी लगायतका नेताहरुलाई संसदमा देख्न चाहेपनि जेलमा रहनु परेको भन्दै राजनीतिक मुद्धालाई छिटो निरोपण गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?