काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा भएको मतदानबाट विश्वासको मत गुमाएका छन् ।
कुल २३२ मतमध्ये ओलीले आफ्नो पक्षमा ९३ मत मात्रै प्राप्त गरेका थिए । भने विपक्षमा १२४ मत प्राप्त गरेसँगै ओली अल्पमतमा परि असफल भएका छन् । त्यस्तै १५ जना सांसदहरुले आफूलहरुले तटस्थ बस्ने निर्णय गरेका थिए । त्यस्तै नेकपा एमालेकै २८ सांसद मतदानमा सहभागी भएका छैनन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दिएको जानकारी अनुसार २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरि अनुपस्थित भएका हुन् ।
यी हुन् संसदमा अनुपस्थित सांसदहरु
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया