काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनका लागि छलफल गर्ने भएका छन् ।
सभापति देउवाले माओवादी केन्द्र जसपा लगायतका दलहरुसँग छलफल गर्न लागेका हुन् ।
आज दिउँसो २ बजे छलफलका लागि माओवादी केन्द्र लगायत जसपाका नेताहरुलाई बोलाएको स्रोतले जनाएको छ ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७२ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । त्यसै अनुसार छलफलका लागि सभापति देउवाले आफ्नो निवास बूढानिलकण्ठमा नेताहरुलाई बोलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया