काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम साथै नयाँ सरकार गठनका विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
आजको पदाधिकारी बैठकपछि अन्य दलहरुसँग छलफल गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोपकथलाई जानकारी दिए ।
आज दिउँसो ३ बजे देउवा निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्दैछ । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको समेत सहभागिता रहनेछ ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ । त्यसको लागि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि तयारी थालेको छ । पदाधिकारी बैठकपछि सभापति देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया