काठमाडौं । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको खेल शुरु भएको छ ।
ओलीले विश्वासको मत लिन नसकेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि प्रक्रिया थाल्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन् ।
नेपालमा राजनीतिक तानातान बढिरहेका बेला भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले ओली भारतको छनोट भएको दाबी गरेका छन् ।
मंगलवार ट्वीट गर्दै नेता स्वामीले ओली भारतको छनोट रहेको र पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेमा भएमा चीनले जित्ने दाबी गरे ।
ट्वीट गर्दै उनले भनेका छन्- ‘जहाँसम्म नेपालबारे मेरो बुझाई, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया