काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा भ्रमपूर्ण समाचार सम्प्रेषण साथै आचारसंहिता उल्लंघन गर्ने ४२ सञ्चारमाध्यम कारबाहीमा परेका छन् ।
महामारीको समयमा प्रेस जगतबाट हुनसक्ने असावधानीबारे सचेत गराउन प्रेस काउन्सिल नेपालले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ ।
कोरोना (कोभिड १९) संक्रमणको नियन्त्रणको लागि २०७८।१।१६ गतेदेखि निषेधाज्ञा जारी भएको अवस्थामा समेत कर्मचारीहरुले काउन्सिलबाट र केही कर्मचारीले घरबाट अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको थियो । त्यस्तै पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरी अनुगमन गरिरहेको छ।
काउन्सिलका अनुसार यस अवधिमा भएका अनुगमन र कारबाहीसम्बन्धी मुख्य मुख्य ४२ सञ्चारमाध्यमरवेबपोर्टलमा आचारसंहिता उल्लङ्न भएको देखिएको जनाइएको छ ।
यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया