काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको निर्देशन नमान्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ ।
पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको सरकारलाई सहयोग गर्न हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । तर थापाले मंगलवार भएको हस्ताक्षर अभियानमा हस्तारक्ष गर्न नमानेपछि पार्टीले त्यसबारे स्पष्टीकरण सोधको हो ।
गत वैशाख २६ गते गण्डकीका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिता पौडेलले तीन दिन भित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
त्यसको समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ । तर निर्णायक रहेको जनमोर्चाका सांसदले साथ नदिँदा गठबन्धनको सरकार नबन्ने निस्चित जस्तै बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया