चन्द्रकला कार्की/ काठमाडौं –
स्नातक तह पढ्ने अधिकांश विद्यार्थी सम्पन्न परिवारबाट मात्रै नभई आर्थिक रुपमा विपन्न परिवारबाट हुन्छन् ।कोरोना महामारीबाट जोगिन सरकारले जारी गरेको निषेधाज्ञा र यसले पार्ने प्रभावका कारण विभिन्न तहमा अध्ययनरत विद्यार्थीले दुख व्यक्त गरेका छन् ।
गाउँघरमा खेति किसान गरेर काठमाडौंमा छोराछोरी पढ्न पठाउने बुवाआमालाई खर्च जुटाउन हम्मेहम्मे परेको छ। त्यसैमाथि चार वर्षको स्नातक तह ६ वर्ष पुगेपछि विद्यार्थीमा आर्थिक भार पर्ने नै भयो । यहि कारणले धेरै विद्यार्थीमा समेत मानसिक असर परेको छ ।
सोलुखुम्बु घर भई काठमाडौंको चाबहिलमा कोठा लिई सुकेधाराको एक कलेजमा स्नातक तह प्रथम वर्ष पढ्दै गरेका सन्तोष बस्नेत (१८) भन्छन्, ‘हामी स्नातक तह सक्ने बेला भईसक्यो अझै प्रथम वर्ष सकिएको छैन। २०७६ सालको कार्तिकमा कलेज भर्ना गरेको ७८ साल लागिसक्यो २ वर्षमा चार महिना मज्जाले पढाइ भयो त्यसपछि अनलाइन पनि राम्ररी पढाइ नै छैन । फेरि बाह्र पास गरेर आउने नयाँ विद्यार्थीहरुलाइ पनि स्नातक तहमा भर्ना लिएको छ विद्यार्थी मात्र थुपारेर पढाइ अनि परिक्षाको अत्तो पत्तो छैन।’ उनी आक्रोशित हुँदै थप्छन्, ‘यस्तै हो भने हामिले कहिले स्नातक तह पार गर्ने हामी मध्ये कतिपय विद्यार्थीको स्नातक पछि नेपाल आर्मि, नेपाल प्रहरी वा सशस्त्रमा जाने सपना थियो।’
कोरोनाको कहर र त्यसैमाथि सरकारको आनाकानीले उमेर हद नाघेर विद्यार्थीका ति सपना पूरा हुन नसकेको परिस्थितीको जिम्मेवारी कसले लिने सँगसँगैको सहपाठीहरु सेमेस्टर प्रणाली अन्तर्गतको पहिलो परिक्षा समापन र दोस्रो सेमेस्टरको परिक्षाको मिति तोकिसकेको अवस्थामा पनि हाम्रो प्रथम वर्षको परिक्षाको सुरसार नै भएको छैन ।
यसबाट विद्यार्थी वर्गमा पर्ने मानसिक तनावको जिम्मेवारी कसले लिने ? उनि भावुक हुँदै थप्छन्, ‘उता घरमा बुबा आमा दिनरात नभनी खेति किसान गरेर दुख गरेर खर्च पेलिरहनु भएको छ कहिले छोराले आफ्नो पढाइ सक्छ आफ्नो खुट्टामा उभिन्छ भनेर तर या त स्नातक तह सकिने समयमा पनि प्रथम वर्ष नसकिने भयो।’
शिक्षकसँग अनलाईन क्लासमा पनि उनीहरु गुनासो गर्छन् । परिक्षा नभएको बारेमा गुनासो गर्दा फाराम खुलेको छ, त्यसमा नै खुसी मनाउ भन्नुहुन्छ। फारम त भरियो परिक्षा कहिले हुने हो अत्तोपत्तो छैन। भन्छन्, ‘समय त बर्बाद भयो नै अब पढाइ प्रतिको विश्वास नै उड्यो।’ सबै साथिहरु भन्छन्, ‘अब हामी भित्रको उर्जा नै हराएर गयो । पहिले कलेज टप वा टपटेनमा आउने विद्यार्थीहरु अहिले पढाइ प्रमाणपत्रको लागि मात्र र पास माक्सतिर मात्र ध्यान दिन थालेका छन्। स्नातक तह सकेर अधिकृत अथवा बैंकतिर भिड्छु भनेर सपना बोकेर कलेज गएका हामि जस्ता कयौँका सपना पनि हराएर जान थाल्यो । काठमाडौं को बसाइ न जागिर न पढाइ । उनले टिठलाग्दो भाषामा बताए । अनलाइन कक्षा हुन्छ भनेर पहिलेको लकडाउनमा अलिअलि खुलेको बेला हतारिएर काठमाडौं आए कक्षा त कलेज मा पैसा असुल्ने निहुँ मात्रै रहेछ।’
‘उता खेतिपातिबाट आम्दानी छैन । त्यसैमाथि खेतिपातिको पैसाले कतिदिन धान्ने बुवा आमाले ? काठमाडौंको महँगी त्यसैमाथि लकडाउन, कोठाभाडा तिर्नै पर्ने २ छाक खानै पर्यो । कतै अनलाईन काम पाइन्छ कि भनेर धेरैलाइ पुकारे । धेरै कोशिस गरे तर हातमा लाग्यो शुन्य । पढाइ भइदिएको भए पढ्दै छु भन्ने त हुन्थो । उनि भन्छन् , ‘दोस्रो तेस्रो चौथो सबैको परिक्षा भइसक्यो हामि पनि छौ भन्ने कुरा बिर्सेको पो हो कि ? यस्तो लापरवाही गरेर हुँदैन । माहामारी फैलिएको छ थाहा छ, तर यसरी अरु वर्षको परीक्षा भइरहँदा हामीलाई मात्र पछाडि किन पारियो ? कलेज बाटै भएपनि परिक्षा लिएहुन्थ्यो नि ।’
एउटै कक्षामा मा २/३ वर्ष पढ्नु परेपछि कसरी पढ्न जाँगर आउँछ ? अहिलेसम्म सरासर पास हुँदै आएको विध्यार्थी अब दारी फुल्दा पनि स्नातक सकिएन भने के पढ्नु ? उनी निराश सुनिए । विद्यार्थीको भविष्य नै अन्यौलमा पार्नेगरी यसरी खाल्डोमा सधैँ राखेर हुँदैन । परिक्षा भइहाल्यो भने हामी दोस्रो वर्षको तयारीमा लाग्थ्यौँ परिक्षा नै नभएपछि प्रथम वर्षको किताब समातेर कति बस्ने ? ‘त्यसैले हाम्रो माग पूरा होस् । हाम्रो कुराको सुनवाइ होस् ।’
लेखकबाट थप :
एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या
एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?
‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !
निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्हो छ !’
ए सरकार ! सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ?
महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार
कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ?
तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न !
महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया