कोरोना संक्रमितको लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि कहाँ पाइन्छ ? मन्त्रालयको सूचना हेर्नहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिहरुसँग लिन सकिने जनाएको छ ।

मन्त्रालयमा सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने जानकारी दिएका छन् ।

मन्त्रालयले जारी गरिएको सूचनाअनुसार कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गरी औषधी प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?