काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति खेलिएको खेलमा आर्सनलले चेल्सीलाई १-० गोलले पराजित गरेको छ। चेल्सीको घरेलु मैदान ‘स्टामफोर्ड ब्रिज’मा भएको ‘लन्डन डर्बी’मा आर्सनल विजयी भएको हो।
पहिलो हाफको १६ औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो। युवा खेलाडी एमिल स्मिथ रोवेले कप्तान पिएरे एमृक औबामियाङको पासमा गोल गर्दा पाहुना टोलीले अग्रता लिएको थियो।
खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा जित आर्सनलको पक्षमा गएको हो। पछिल्लो समयमा निकै बलियो देखिएको चेल्सीको घरेलु लिगमा यो अप्रिल ३ पछिको पहिलो हार हो।
‘टप ४’ को रेस निकै रोमाञ्चक भइरहेको हुँदा यस हारले चेल्सीलाई धक्का परेको छ। ३६ खेलमा ६४ अंकका साथ चेल्सी चौथौं स्थानमा रहेको छ। त्यस्तै ३६ खेलमा ५५ अंकसहित आर्सनल आठौं स्थानमा उक्लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया