काठमाडौं । पार्टीले कारवाही फुकुवा गरेसँगै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई २०७५ जेठ २ को स्थितिबाट अगाडी बढाउनपर्नेमा जोड दिएका छन् ।
नेताहरुलाई गरिएको कारवाही फुकुवा गरेपनि पार्टी एकतामा देखिएको संकट नटर्ने बताए ।
पार्टी एकता सुदृढ बनाउन पार्टी अध्यक्ष केपी ओलीले उक्त मितिसम्म रहेको एमालेको पार्टी संरचनालाई स्वीकारेर अगाडि बढ्नुपर्नेमा जोड दिन आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला अनुसार पार्टी पूर्ववत् रुपमा फर्किएपछि एमालेको नीति र विधान पनि त्यहि अनुसार अघि बढ्नुपर्ने बताए ।
निलम्बनको निर्णय गलत भएको र आफूहरुले पहिले नै निर्णय खारेजीको माग गरेको तर अहिले आएर कारवाही फुकुवा भएपनि खुसी सकारात्मक रहेको प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया