काठमाडौं । केपी ओली फेरि प्रधानमन्त्री बन्ने भएका छन् । वैकल्पिक सरकार बनाउनका लागि दौडधूप गरेका कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि ओलीले प्रधानमन्त्रीमा दोहोरिने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीवार राति ९ बजे सकिँदैछ । ओली जसपालाई साथ लिएर बहुमतकै प्रधानमन्त्री बन्ने अड्कलबाजी उत्तिकै भइरहेको छ भने त्यसो हुन नसके ७४(३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नेछन् । उनी आजै प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २७ मा पदमुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया