अब माओवादी केन्द्रले अरुको विरोधमा समय खेर फाल्नु हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब पार्टीले अरुको कुराहरुमा प्रतिक्रिया जनाएर मात्रै समय खेर फाल्न नहुने बताएका छन् ।

शुक्रवार (आज) सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले नेकपा एमालेका नेताहरुलाई बधाई दिँदै प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने बताए ।

त्यस्तै देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसाथ गर्दै व्यवस्थित रुपमा संगठनात्मक सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने- ‘नेकपा (एमाले) का कमरेडहरुलाई बधाई तथा शुभकामना । हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यतस् हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ ।

निराशा, बिचलन र निष्कृयता क्रान्तिकारी गुणचरित्र नभएको बताउँदै घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन आाजको आवश्यक्ता पूरा गर्न नसकिने पनि नेता श्रेष्ठले बताएका छन् ।

‘बैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं। बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवाद बाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिने छैन । तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं ।’ नेता श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?