अब पार्टीको समस्या समाधानका लागि प्रारम्भिक सम्बाद शुरु भयो : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकता कायम भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

शुक्रवार नेता गौतमले सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी विवाद समाधानका लागि सम्बाद शुरु भएको बताए ।

जसको कारण यो नै एमालेका निम्ति एक महत्वपूर्ण घटना भएको समेत बताएका छन् । त्यस्तै पार्टी एकता निर्माणका लागि सफलताको कामना समेत गरेका छन् ।

उनले भजेका छन्- ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?