काठमाडौं । गठबन्धन सरकार गठन गर्न असमर्थ रहेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको भेटघाट भएको छ ।
शुक्रवार (आज) कांगेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ ।
तीन नेताहरुबीच गठबन्धन सरकार गठनमा असमर्थ भएपनि आगामी दिनमा सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
त्यसै विषयमा छलफलका लागि प्रचण्ड र यादव देउवा निवास पुगेका थिए ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले तीन दिनको समयसीमा दिएकी थिइन् । तर कांग्रेस, माओवादीसहित जसपाको गठबन्धनले नयाँ सरकार गठन गर्न नसकेपछि पुनः ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया