एसईई दिने तयारीमा रहेका विद्यार्थीको डायरी : ‘अनलाईन कक्षा लियो, डरैडरमा बस्यो !’

लोकपथ
238
Shares

चन्द्रकला कार्की /काठमाडौं –

कोरोना भाइरसको दोस्रो महामारीका कारण देशका सबै क्षेत्र प्रभावित बनेको छ । बितेको एक वर्षदेखि ठप्पप्राय भएका देशभरका शैक्षिक संस्थाहरु सुनसान छन्। ‘कोभिड – १९’ को महामारीको कारण विश्वनै आक्रान्त पारिरहेको बेला जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त व्यक्ति, औषधि सेवन गरिरहेका व्यक्ति यस भाइरसबाट सबैभन्दा धेरै प्रभावित छन् । युवाहरु समेत यो भाइरसबाट जोगिन नसकिएको यो परिस्थितीमा बालबालिकाहरुको स्वास्थ्यलाई लिएर पनि चिन्ता हुन थालेको छ । एक वर्ष लामो समय गुजार्दा समेत यो रोगबाट मुक्त हुन नसकेका कारण विद्यार्थीहरुको शैक्षिक क्षेत्रका साथै मानसिक रुपमा उनीहरुमाथि चिन्ता थपिएको छ। उनीहरु निकै अप्ठेरो मनस्थितीमा गुज्रिरहेका छन्।

कोभिडकै कारणले स्कुलमा गएर पठनपाठन गर्ने गराउने कुरा अब सपना जस्तै बन्न थालेको छ। अगाडिको कक्षाहरुमा जे जस्तो भएपनि एसईईमा राम्रो माक्स ल्याउँछु भनेर उत्साहित भएका विद्यार्थीहरु स्कुल नै बन्द भएपछि तनावमा छन्। घरैबाट अनलाइन कक्षा पढ्दै आएतापनि एकातिर स्कुलमा गएर प्रत्यक्ष पढेजस्तो नहुने अर्कोतर्फ कोरोनाको बढ्दो ग्राफकाबीच थपिएको अन्यौलताले झनै उनीहरुमाथि मानसिक दवाब समेत परेको छ।

बैशाखबाट नै एसईईको पढाइ शुरु गर्ने भनि विद्यालयहरुले तयारी थालिरहेको अवस्थामा कोभिडकै कारण पहिलो चरणको लकडाउन शुरु भयो । एक हप्ता दुई हप्ता गर्दै लामो समयसम्म लकडाउन लम्बिँदै गएपछि विद्यार्थीहरुको भविष्य र शैक्षिक क्षेत्रलाई सन्तुलनमा राख्न भनी अनलाईन कक्षा सुरु गरिएको थियो । अनलाइन कक्षा विकल्पको रुपमा शुरु गरिएतापनि अहिले मुख्य पठनपाठनको माध्यम नै अनलाइन बनेको छ।

एसईईमा उत्कृष्ट जिपिए ल्याइ उतिर्ण गर्ने सपना बोकेकी परिसा थापा (१५) बानेश्वरको नेशनल एकेडेमी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनि भन्छिन्, ‘निषेधाज्ञाको कारणले एसईई नै हुने नहुने टुंगो छैन । एसईईलाई फलामे ढोका भन्छन् मेरो पालोमा त्यो भन्दा झनै कठिन भईदियो । राम्ररी पढ्नै नपाई एसईई दिनुपर्नेभयो कसरी सोचेको जस्तो नतिजा आउला र ?’

उनि लामो श्वास फेर्दै भन्छिन् , ‘स्कुल त सबै बन्द छ तर अनलाइन कक्षा भईरहेको छ । स्कुलमै गएर सरले पढाएजस्तो त किन हुन्थ्यो । बाँकि बिषय त जसोतसो प्रयास गरिन्छ । तर गणित विषयमा सबैभन्दा धेरै अभ्यास गर्नुपर्छ। अनलाइनबाट खै कसरी अभ्यास गर्नु र सरहरुले भनिदिएको भरमा नै बुज्नुपर्छ। कहिलेकाहीँ सोलुसन गर्दागर्दै आउँदैन, अलमल हुन्छ । सोध्नको लागि पनि सरहरु उपलब्ध हुनुहुन्न र गर्दै गरेको अभ्यास पनि रोक्न मन लाग्छ। स्कुलमा भए सरमिसहरुले छिनछिनमै उठाएर पश्न सोध्ने र नबुजेको त्यहि बुझाइदिनुहुन्थ्यो र पढाएको पाठ सबै स्कुलमै बुझिन्थ्यो । नआएको कुरा सोध्न पनि सजिलो हुन्थ्यो साथीहरुसँग सल्लाह गर्दै पढ्न सजिलो हुन्थ्यो तर अनलाइन कक्षामा त्यति सजिलो हुँदैन भनेको बेला सरहरु अनि साथिहरु पनि उपलब्ध हुनुहुन्न ।’

‘पहिले एसईई विध्यार्थीहरुकै लागि भनेर विशेष गरी बिहान ट्युसन कक्षा, दिउँसो नियमित कक्षा अनि ४ बजेपछि ‘कोचिङ’ कक्षा पनि हुन्थ्यो भने अहिले अनलाइन कक्षामा दिनमा ५ वटा बिषय मात्र पढाइ हुने गरेको छ।’ उनको अनुहारमा निराशाका रेखा प्रस्टै देखिन्छ ।

उनि थप्छिन् , ‘अहिले त पढाइप्रति को जोश जाँगरनै हराइसक्यो स्कुलमै जान नपाइ झन्डै एक बर्ष बितिसक्यो।’

खै कसरी एसईई दिनु ? पोहोर पनि परिक्षा नै नलिइ विद्यार्थीलाई उतिर्ण गराइयो अहिलेपनि त्यस्तै होला कि भन्ने डर छ मलाई । मेहनत गर्ने विद्यार्थीहरुको लागि त यो तरीका अन्याय नै हो नि हैन र ? उनको गुनासो छ,

पहिलेको लकडाउन खुलेपछि २ महिना जति भएपनि स्कुल शुरु भएको थियो । पहिला नबुझेको कुराहरु स्कुलमा सरहरु र साथीहरुसँग छलफल गरि धेरै सहयोग हुन थालेको थियो, तर साम्य भैसकेको माहामारी पुनः फैलियो अनि लकडाउन भयो । यो भेरियन्ट त झन खतरनाक भएर आयो यसले त सबै सखाप पार्ला जस्तो छ। एसईई पनि सर्‍यो । दिनहुँ युवाहरुले यसरी अक्सिजनको अभावमा ज्यान गुमाइरहेको सुन्दा झनै धेरै डर लाग्न थालेको छ। दिनहुँ बढ्दै गईरहेको संक्रमण र मृत्युदरका कारण एसईई लाइ त प्रत्यक्ष असर पर्‍यो नै यसले सिंगो शिक्षा प्रणाली नै तहस नहस भइरहेको छ।

दिनदिनै सञ्चारमाध्यमका ‘प्राईम न्यूज’मा झनझन संक्रमण र मृत्युदर बढ्दै गइरहेको समाचारहरु आउँछन् । यसबाट विद्यार्थी वर्गमा झनै डरलाग्दो स्थिती सिर्जना भएको छ । उनी भन्छिन्, ‘केहिदिन अगाडि कोभिडकै कारण मेरो साथीको बाबा पनि बित्नुभयो । पहिलेको भेरियन्टमा दिर्घरोगी रोगी र जेष्ठ नागरिक लाई बढि असर पर्छ भन्ने थियो तर अहिलेको भेरियन्टले बालक, युवा देखि बृद्धबृद्धा सबैले ज्यान गुमाइरहेका छन्। यस्तो समाचार दिनहुँ देखिरहँदा मनमा डर र चिन्ता बढि भएर पढाइतिर ध्यान जानै छोडेको छ। आगामी जेठ १४ गते बाट सञ्चालन हुने भनेको एसईई परीक्षा स्थगित भएको छ। कोरोनाको अवस्था हेरेर अर्को सूचना निकाल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
‘पोहोर पनि परीक्षा नै नलिइ विद्यार्थीलाई उतिर्ण गराइयोे अहिले पनि त्यस्तै होला कि भन्ने डर छ मलाई । मेहनत गर्ने विध्यार्थीहरुको लागि त यो तरिका अन्याय नै हो नि हैन र ?’

उनका केही प्रश्नहरु अनुत्तरीत छन् ।

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?