नेपाल पक्षका नेताहरुको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

नेता नेपाल पक्षका नेताहरुको बैठक दिउँसो दुई बजे भर्चुअल माध्यमबाट बस्न लागेको स्रोतले जनाएको छ ।

बिहीवार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको नेता नेपालले भेटघाटमा भएका विषयहरुबारे जानकारी गराउन लागेको बुझिएको छ ।

बिहीवारको बैठकमा ओली र नेता नेपालबीच पाटीलाई २०७५ जेठ २ मा फर्काउने विषयमा छलफल भएको थियो ।

त्यहि छलफलबाट नै सांसद पदबाट राजीनामा दिन तयार भएका नेपाल पक्षका सांसदहरु रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?