काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाएका छन् ।
प्रचण्डले संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड खोप लगाएका हुन् ।
संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रवार, शनिवार र आईतवारका लागि खोपको दोस्रो डोज लगाउने व्यवस्था मिलाएको हो । शुक्रवारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ ।
लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोस्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाईने सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया