सवारी दुर्घटना : ५ जनाको मृत्यु

काठमाडौं । तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित सडकमा प्रदेश ०२(०१८ प. ७८९३ नम्बरको मोटरसाइकललाई ग.१ क २८७७ नम्बरको टिपरले बिहीवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा घर भएका २७ वर्षीय सुरज बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनी हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका(६ मौरिफाटास्थित सडकमा से.१ त ४४४१ नम्बरको ट्याक्टरले से. ३ प ३००५ नम्बरको मोटरसाइकललाई बिहीवार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका(६ बस्ने २७ वर्षीय प्रकाश रोकाया र सोही ठाउँ बस्ने २६ वर्षीय सुरज जप्रेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-११ विशाल चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, ग्रामथान गाउँपालिका-४ स्थित लोहोन्द्र खोलामा को. १ त ४९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीवार राति पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका-७ बस्ने ३५ वर्षीय दिल कुमार मुडयारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?