काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङले आज पदभार ग्रहण गरेका छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ तथा मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरे।
पदभार ग्रहण गर्दै उनले नागढुंगा-टंकेश्वर सडकका लागि बजेट व्यवस्थापन सम्बन्धि फाइलमा हस्ताक्षर गरे।
उनले पदभारपछि कर्मचारीहरुलाई निर्देशन दिदैँ आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको कार्य भइरहेकाले स्वास्थ्य प्रोटोकल पालना गर्दे कामलाई तीव्रता दिन आग्रह गरे। उनले भने, ‘आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने हाम्रो दायित्व छ । नयाँ नयाँ कामको व्यवहारिक ढंगले पहिचान गर्नेछौ । स्वास्थ्य प्रोटोकल पालना गर्दै आआफ्नो जिम्मेवराीमा लाग्नुहोला । सहि योजना र बजेट व्यवस्थापन हुन सके अर्को आर्थिक वर्षमा त्यसले राम्रो प्रतिफल दिन्छ ।’
उनले आफु मन्त्रीको रुपमा मात्र नभएर एउटा असल राजनीतिक नेतृत्व र आत्मिय साथीको रुपमा रहने बताए। उनले भने, आफु जति समय मन्त्रालयको नेतृत्वमा रहन्छु पुरा जोस जाँगर सहित काम गर्नुहोस । म सहि नेतृत्व र साथ दिनेछु । एउटा मन्त्रीको रुपमा मात्र नभएर एउटा राजनीतिक नेतृत्व गर्ने आत्मिय साथीको रुपमा दिलमा राख्नुहोस । संगठित रुपमा प्रयास गरे देश र जनताको लागि धेरै गर्न सकिन्छ ।
उनले असल नियतका साथ काम गर्ने क्रममा मानवीय त्रुटि हुने र त्यस्तो अवस्थामा आफ्नो तर्फबाट साथ दिने कार्यमा कुनै कसर बाँकी नराख्ने समेत बताए ।
मन्त्री नेम्बाङले विगतमा मन्त्रालयको नेतृत्वमा रहँदा कर्मचारीबाट साथ सहयोग इमान्दारीमता र दक्षताहरु प्रर्दशन गर्दै एउटा परिवारका रुपमा अगाडी बढेको र त्यसलाई निरन्तरताका साथ अघि बढ्नु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया