दुवै तर्फका नेताहरुसहित ओली-नेपाल पक्षको छलफल शुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल शुरु भएको छ ।

पार्टी भित्रको विवाद मिलाउनका लागि ओली-नेपालसहित दुवै पक्षका शीर्ष नेताहरुको छलफल शुरु भएको हो ।

साँझ ६ बजेका लागि छलफल बोलाइएपनि प्रधानमन्त्री ओलीको व्यस्तताको कारण केहीबेर अघि मात्रै सिंहदरवारमा बैठक शुरु भएको हो ।

छलफलमा ओली पक्षका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल र सुवास नेम्वाङ लगायतका नेताहरु रहेका छन् । भने नेपाल पक्षका भने भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतका नेताहरुको सहभागिता रहेको छ ।

यअसघि आज नै नेता नेपालले आफू पक्षका नेताहरुसँग भर्चुअल छलफल गरेका थिए । आजको छलफलमा नेता नेपालले शुक्रवार अध्यक्ष ओलीसँग भएको भेटघाटको विषयमा ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?