महन्थ पक्षको एकलौटी निर्णयपछि उपेन्द्र-बाबुरामले बोलाए बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरि आगामी कार्यनीति तय गर्न उपेन्द्र-बाबुराम पक्षले बैठक बोलाएको हो ।

शुक्रवार पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले एकलौटी निर्णय गरि राजेन्द्र महतोलाई दलको नेता चयन गरेपछि त्यसबारे समेत आजको बैठकमा छलफल गरिने स्रोतले जनाएको छ ।

त्यस्तै आजको बैठकबारे महन्थ पक्षलाई जानकारी नभएको नेताहरुले बताएका छन् । सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टी भित्र देखिएको तिक्तताकोबीच महन्थ पक्षले दलको नेता छनोट गरेपछि विवाद झन चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?