काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिवार पार्टीको कार्यकारिणी समितिको बैठक नबोलाइएको बताएका छन् ।
पार्टी कार्यालयमा जसपाको कार्यकारिणी समितिको बैठक बसिरहेको भन्ने जानकारी प्राप्त भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा यतिबेला पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकातिर छन् । भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अर्को पक्षमा रहेका छन् ।
शुक्रवार ठाकुर पक्षले महतोलाई दलको नेता चयन गरेपछि छलफलका लागि उपेन्द्र-बाबुराम पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको थियो । तर अध्यक्ष ठाकुरले पार्टीले बैठक नबोलाएको भन्दै एक विज्ञप्ति जारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया