उपेन्द्र यादवको आक्रोश : ‘कसैले घोषणा गर्दैमा दलको नेता बनिन्न’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा छलफल नै नगरिकन दलको नेता चयन गरिएकोप्रति आपत्ती जनाएका छन् ।

आज आफूपक्षीय कार्यकारिणी समितिको बैठकमा जानेक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष यादवले पार्टीको विधान अनुसार हुनुपर्नेमा एकलौटी निर्णयले नहुने भन्दै आपत्ती जनाए ।

जसले पायो उसैले आँफैले आफूलाई दलको नेता घोषणा गर्दैमा नहुने पार्टीका निर्णय चाहिने साथै निर्वाचन हुनुपर्नेमा जोड दिए ।

जसपाभित्र अहिले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकातिर छन् । भने यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अर्कोतिर रहेका छन् । यसैक्रममा शुक्रवार एकलौटी रुपमा ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता घोषणा गरेको थियो । त्यसै विषयमा छलल फलछल गर्न आज उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?