काठमाडौं । अमेरीकाको कोलोराडोमा दुई विमान आकाशमा ठोक्कीएका छन् । सहि समयमा प्याराशुट खोलेका कारण दुवै विमानका पाइलटको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सीएनएनका अनुसार दुवै विमान आकाशमै एक अर्कासँग ठोक्कीएका थिए ।
दुर्घटनापछि दुवै विमानमा धेरै क्षेती पुगेको छ । दुइटै विमानमा एक एक जना पाइलट मात्रै सवार थिए ।
अरापाहो काउन्टी शेरिफको कार्यालयका प्रवक्ता जोन बर्टम्यानका अनुसार यो अच्चमित पार्ने घटना हो । किन भने यस्ता घटना बिगतमा पनि भएका छन् तर पाइलटहरु जीवितै र चोट पटक नै न लागेको यो पहिलो घटना भएको उनले बताएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया