काठमाडौं उपत्यकामा थप २९ सय ३७ जनामा कोरोना पुष्टि, कुन जिल्लाको कति ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हनार ९ सय ३७ जना काठमाडौं, ३ सय ४७ जना भक्तपुर र ४ सय ४४ जना ललितपुरका रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८ सय ४८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ९ सय ७१ जनाको पीसीआर र ५ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ८७ जनाको कोरोना संक्रमणको कारण ज्यान भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?