लेस्टर सिटीलाई पहिलो पटक ‘एफए’ कपको उपाधि

काठमाडौं।  लेस्टर सिटीले यस वर्षको इंग्लिश ‘एफए’ कपको उपाधि जितेको छ। गए राति भएको खेलमा लेस्टरले चेल्सीमाथि १-० गोलको जित दर्ता गरेको हो।

लन्डनको वेम्बले मैदानमा खेलिएको सो फाइनल खेलमा विजयी भएको लेस्टर सिटीको यो पहिलो एफए कप उपाधि हो। ४ पटक उप विजेता रहेको लेस्टरले यसपाली भने गत वर्षको उपविजेता चेल्सीलाई हराउँदै इतिहास रच्न सफल भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा लेस्टर बलियो देखिएको थियो। खेलको ६३औं मिनेटमा मिडफिल्डर युरी तिलिमान्सले लेस्टरको लागि गोल गरे। उनले कम्तीमा २५ यार्ड परबाट गरेको प्रहारले सिधै जाली चुम्दा लेस्टरले अग्रता लिएको थियो। तिलिमान्सको यो लङ रेन्जर गोल नै खेलमा निर्णायक गोल बन्न पुग्दा लेस्टरले खेल १० ले आफ्नो पोल्टामा पारेको हो।

उता चेल्सीले भने लगातार दुई एफए कप फाइनलमा पराजय भोगेको छ। गत वर्ष चेल्सी आर्सनलसँग फाइनलमा पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?