कोरोना महामारीमा जीवन रक्षाको लागि अपिल

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरबाट लाखौँ नागरिकका साथै नेपालमा बसोबास गर्ने हजारौँ विदेशी नागरिकहरु समेत आक्रान्त भइरहेका छन् । अहिले नेपालको दैनिक संक्रमणदर विश्वमै उच्च रहेको छ । मृत्युको आर्तनाद र क्रन्दनहरूले सबैलाई शोकाकुल, निराश र हतास बनाएको छ ।

परिणामतः सघन उपचारको लागि स्वास्थ्य संस्था र अस्पतालमा संक्रमित बिरामीहरूले ठाउँ पाइरहेका छैनन् ।

साथै, काठमाडौंका निजी अस्पतालहरूले अक्सिजनको अभावका कारण कोभिड–१९ बाट प्रभावितहरूको उपचार गर्न नसक्ने व्यहोरासहितको विज्ञप्ति जारी गरिरहेका छन् । यस्तो गम्भीर स्वास्थ्य संकटको अवस्थामा नागरिकले एकातिर स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुन पाइरहेका छैनन् भने अर्कोतिर जीवनको लागि अत्यावश्यक अक्सिजनको अभावले गर्दा नागरिकको मृत्यु भइरहेको छ ।

यस्तो स्थितीलाई काबुभन्दा बाहिर जान नदिन र स्थिती नियन्त्रणमा लिन आग्रह गर्दै अधिवक्ता इन्दु तुलाधर,महिला अधिकारकर्मी डा.रेणु अधिकारी,रिता थापा लगायत १ सय २२ जना अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरुले एक अपिल जारी गदैै सरकार तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले साझा अपिल जारी गर्दै भनेका छन्–सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्नु हो । तर, देशमा हरेक दिन नागरिकले स्वास्थ्य उपचारका साथै अक्सिजनको अभावका कारण ज्यान गुमाउन बाध्य छन् । साथै, यो गम्भिर सङ्कटको अवस्थामा अत्यावश्यक स्वास्थ्य–सामग्रीको आयातमा कमिशनका खेलहरू भइरहेको समाचार बाहिर आइरहेका छन् ।

‘यस्तो चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृत्तिको मानवताविरोधी अपराध हो’ अपिलमा भनिएको छ,‘यस्तो गम्भीर स्वास्थ्य सङ्कटको चुनौतीपूर्ण अवस्थामा सरकार नागरिककोीवन सुरक्षाका लागि उत्तरदायी र जवाफदेही हुनु नेपाल सरकारको पहिलो प्राथमिकता भएको स्मरण गराउदै, यस गम्भीर र संवेदनशील घडीमा नेपाली नागरिकको हैसियतले निम्न विषयमा नेपाल सरकार लगायत संवैधानिक निकायहरूको जवाफदेहिताको माग गर्दछा्रैं ।’

उनीहरुले जारी गरेको ११ बुँदे अपिलमा भनिएको छ,

कोभिड–१९ बाट संक्रमित व्यक्तिहरुले सहजै आधारभूत स्वास्थ्य उपचार पाउने व्यवस्थाको ग्यारेन्टी गर । बिरामीको उपचारका लागि अत्यावश्यक अक्सिजन अभावका कारण कसैको ज्यान नजाने अवस्था निर्माण गर ।
अक्सिजनको उत्पादन, वितरण र व्यवस्थापनको निमित्त तत्काल आवश्यक कदम चाल ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा बिना कुनै पनि सरकारी तथा निजी अस्पताललाई अक्सिजन सिलिण्डर

बिक्री वितरण नगर्न ग्यास उत्पादकलाई अनुरोध गरी लेखेको पत्रले पहुँचबिहीनले अक्सिजन नपाउने स्थिति उत्पन्न भएको छ । नियमनका अन्य प्रभावकारी माध्यम अपनाएर त्यस्ता अनुत्तरदायी पत्रहरू तत्काल फिर्ता गरी अक्सिजनको उपलब्धता र आवश्यकताको उचित आँकलन गरी त्यही अनुसारको व्यवस्था मिलाउन आवश्यक सबै पहलहरू तत्काल गर ।

  • अक्सिजनको अभावलाई सम्बोधन गर्न नेपाल सरकारले ठोस रूपमा के कार्य गरिरहेको छ ? यसलाई सम्बोधन गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले के कस्तो कार्य योजना र स्रोतको व्यवस्थापन गरेको छ, तत्काल सार्वजनिक गर ।
  • महामारीमा हजारौं मान्छेले अक्सिजन र अस्पतालमा सैय्या नपाएर ज्यान गुमाइरहेको तथा त्यस्तो संकटको घडीमा स्वास्थ्य–सामग्री खरिदमा भ्रष्टाचार र कमिशनजस्ता चरम मानवीयता विरोधी कार्यहरूविरुद्ध तत्काल कारबाही गर ।
  • महामारीको बेलामा मधुमेह, रक्तचाप, क्यान्सर, एचआईभी, विविध पहिचान भएका व्यक्तिहरूको हार्मोन सेवन लगायतका सेवाहरूलाई निर्वाध उपलब्ध गराउन आवश्यक स्वास्थ्य मापदण्ड सहित उचित उपचारको व्यवस्था तत्काल गर ।
  • आफ्ना नागरिकको जीवन रक्षाको लागि अन्य सबै काम र गतिविधिलाई बन्द गरेर कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण शक्ति, सामथ्र्य र स्रोत लगाऊ ।
  • नेपालमा चरम अभाव भएको तथा विदेशबाट यथाशीघ्र ल्याउन सकिने अक्सिजन, अक्सिजन सिलिण्डर लगायत अन्य मेडिकल सामग्री तत्कालै आयात गर्न वा आयात गर्न प्रक्रिया शुरु गरिहाल्न आवश्यक पर्ने व्यवस्था मिलाउन वर्तमान नीतिगत व्यवस्थालाई खुकुलो बनाऊ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मजदुर, श्रमिक र सिमान्तीकृत समुदाय सबैभन्दा धेरै आक्रान्त छन् । उनीहरुको दैनिक जीविकोपार्जनलाई सहज बनाउने विशेष राहत प्याकेज तुरुन्त लागू गर ।
  • कोभिड महामारी विरूद्वको खोपलाई सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउन दुर्गम तथा ग्रामिण भेगसम्म खोप सेवा विस्तार गर र सोको लागि तत्काल कार्ययोजना बनाई सार्वजनिक गर ।
  • छिमेकी मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न तत्काल प्रभावकारी कुटनीतिक कदम चाल ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?