नेपालमा कोरोना : सक्रिय संक्रमित १ लाख १० हजार बढी, आज ७३ सय ६८ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार ३ सय १६ जनाको पीसीआर पोजेटिभ र ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा १ लाख १० हजार २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८१, भक्तपुरमा २ सय ९२ र ललितपुरमा ४ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै हाल नेपालमा जम्मा ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?