‘त्यो पर्दैन’ ले प्रधानमन्त्रीलाई पुर्‍यायो अदालत

काठमाडौं । शुक्रवार प्रधानमन्त्री केपी शर्माले सपथ ग्रहणका बेला बोलेको शब्दावलीको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतवार प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ गते शुक्रवार प्रधानमन्त्रीले लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका छन् ।

शुक्रवार सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दमा ओलीले त्यो पर्दैन भनेर उच्चारण गर्न इन्कार गरेका थिए । आइतवार रिट निवेदन दर्ता गर्दै निवेदकहरुले संविधानको धारा-८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् ।

तर अदालत प्रशासनले भने सो रिट दर्ता नगरिसकेको स्रोतले जनाएको छ । निवेदकहरुले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै सपथ लिनु पर्ने माग समेत राखेका छन् । त्यस्तै दोस्रो पटक नियुक्त गरिएका मन्त्रीहरुको नियुक्ती समेत खारेजीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?