बेलायतमा लकडाउन केहि खुकुलो हुँदै

काठमाडौं। बेलायतको इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डको अधिकांश क्षेत्रमा लकडाउन खुकुलो भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरु भने अपनाइरहनु पर्ने बताएका छन् ।

नयाँ नियम अनुसार अब मानिसहरु सीमित नम्बर आफ्नो घरमा भेला हुन पाउने भएका छन् । प्रिजनलाई अंकमाल गर्न तथा पब एवम् रेस्टुरेन्टहरुमा जान पाउने भएका छन् । यात्रा प्रतिबन्ध पनि हटाइएको छ ।

तर प्रधानमन्त्री जोन्सनले हरेक व्यक्ति सचेत रहनु पर्ने र हप्तामा दुईपटक परीक्षण गर्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘सबैको साथ सहयोगमा हामी लकडाउनबाट बाहिर निस्कने क्रममा अर्को माइलस्टोनमा आइपुगेका छौँ । तर हामीले अबका पाइलाहरु निकै चनाखो र सचेत भएर चाल्नु पर्ने छ ।’

इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नै नभए पनि निशूल्क परीक्षण गर्न पाउँछन् र त्यसको रिपोर्ट ३० मिनेट भित्रै आउँछ । वेल्स र उत्तरी आयरल्याण्डमा भने घरबाट काम नगर्नेसहितका व्यक्तिहरुलाई सो सुविधा छ ।

स्कटल्याण्डको ग्लास्गो र मोरेमा भने लकडाउन खुकुलो भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?