काठमाडौं। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार दुई लाख ८१ हजार ८६० संक्रमित थपिएका छन् । गत हप्ताका थपिएका संक्रमितको तुलनामा यो हप्ता थपिएका संक्रमितको संख्या घटेको हो।
यो हप्तामा भारतमा २४ लाख संक्रमित थपिएका छन्। यो गत हप्ताको तुलनामा १६ प्रतिशतले कम हो। गत हप्ता २७ लाख ४० हजार संक्रमित थपिएका थिए।
त्यस्तै संक्रमितको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा भने कमि आउन सकेको छैन। आइतबार कोरोनाबाट चार हजार १०० जनाको मृत्यु भएको छ। यो सहित पछिल्लो चार दिन लगातार चार हजारभन्दा बढीको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४११ पुगेको छ।
यो साता २८ हजार ३३४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो गत हप्ताको तुलनामा ४ प्रतिशत बढी हो। गत हप्ता २७ हजार २४३ जनाको मृत्यु भएको थियो।योसँगै भारतमा संक्रमितको संख्या दुई करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ। त्यस्तै, सक्रिय संक्रमितको संख्या पनि १० लाख ९४ हजार ३६५ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया