काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो र राति पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मंगलबार र बुधबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया