इंग्लिश प्रिमियर लिग : गोलरक्षक एलिसनको अन्तिम मिनेट गोलमा लिभरपुल विजयी

काठमाडौं।  इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रमलाई २-१ गोलले पराजित गरेको छ।

वेस्ट ब्रमको घरेलु मैदानमा विजयी गोल गर्ने खेलाडि बने लिभरपुलका गोलरक्षक एलिसन बेकर। उनले खेलको इन्जुरी समयमा हेडर गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्। इन्जुरी समयको अन्तिम मिनेटमा लिभरपुलले कर्नर प्राप्त गरको थियो। सो कर्नरका लागि एलिसन आफ्नो पोस्ट छाडेर गोल गर्न आएका थिए। र उनले ट्रेन्ट आर्नोल्डको क्रसमा शानदार हेडर गोल गर्न सफल भए।

यसै बीच उनी प्रिमियर लिग इतिहासमा हेडर गोल गर्ने पहिलो गोलरक्षक पनि बन्न पुगे।

यस अघि निर्धारित ९० मिनेटसम्म खेल १-१ को बराबरीमा रहेको थियो। पहिलो हाफको १५औं मिनेटमा घरेलु टोलीले रबसन कानुको गोलबाट अग्रता लिएको थियो। लिभरपुलका लागि मोहम्मद सालाहले खेलको ३३औं मिनेटमा बराबरी गोल गरेका थिए।

‘टप ४’ को सम्भावना कायम राख्न लिभरपुललाई जितको अत्यन्तै आवश्यकता थियो। एलिसनको गोलमार्फत लिभरपुलले महत्वपूर्ण जित दर्ता गर्यो।

अहिले ३६ खेलमा ६३ अंकका साथ लिभरपुल पाँचौं स्थानमा रहेको छ। तेस्रो स्थानमा रहेको लेस्टरको ३६ खेलमा ६६ अंक छ भने चौथौं स्थानको चेल्सीको ३६ खेलमा ६४ अंक रहेको छ। अब आउने मंगलवार चेल्सी र लेस्टर प्रतिस्पर्धा गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?