काठमाडौं । एमाले नेता वामदेव गौतमले जननेता स्वर्गीय मदन भण्डारी र कुशल संगठक स्वर्गीय जीवराज आश्रितको बाटो पच्छ्याउँदै अघि बढेको बताएका छन् ।
आज मदन-आश्रित स्मृती दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै नेता गौतमले नेताद्वयले निर्माण गरेको समाजवादको बाटो पच्छ्याउँदै हिँडेको बताए ।
उनले भने, ‘आज जेठ ३ गते महान नेता विचारक तथा संगठक क। मदन भण्डारी र क। जिवराज आश्रितको स्मृति दिवस हो
आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको छु। यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु।’
मदन-जीवराजको बाटो हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु भएको बताउँदै उनीहरुको नामबाटै आज पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन लागेको बताएका छन् ।
उनले भनेका छन्- ‘क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया