कति छ आजको विनिमयदर ? हेर्नुहोस् विवरणसहित

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ०५ पैसा र बिक्रि दर १४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ६६ पैसा र बिक्रिदर ९१ रुपैयाँ १३ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ ०९ पैसा, बिक्रीदर ३२ रुपैयाँ २५ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?